राष्ट्रियसभा सदस्य निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ?


 


काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुँदैछ । आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुन लागेको हो ।

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ ।

यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्नरगराउन नहुने आयोगले जनाएको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकायरसार्वजनिक संस्था वा विश्वविद्यालयरविद्यालयरमहाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन पाइने छैन ।

राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न/गराउन नहुने आयोगले स्पष्ट पारेको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्