राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई रुसले समर्थन गर्ने


 


नयाँ दिल्ली । रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई समर्थन गर्ने भएको छ ।

भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यतालाई स्वीकार गर्न आफ्नो मुलुक तयार रहेको जनाएका हुन् ।

यसबारे दुबै देशका विदेशमन्त्रीहरुबीच गत डिसेम्बरमा छलफल भएकोसमेत जानकारी दिए । ‘राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्ने भारतको अधिकारलाई रुस पूर्ण समर्थन गर्छ ।’ अलिपोभलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अन्तर्राष्ट्रिय मामिलामा भारतले स्वतन्त्र र तटस्थ अडान लिने गरेको उनको भनाइ छ । उनले सन् २०२३ मा भारत र रुसबीचको सम्बन्ध अझ सुमधुर भएको उनले बताए ।

हालै भारतीय विदेशमन्त्री एस जयशंकरले रुसको भ्रमण गरी समकक्षी सर्गेई लाभ्रोभ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्