चीनको सिन्जियाङमा धार्मिक मामिलासम्बन्धी कठोर नियम लागू हुँदै


 


बेइजिङ । आगामी फेब्रुअरी १ देखि चीनले सिन्जियाङ प्रान्तमा धार्मिक मामिलासम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै बिटरविन्टरले जनाएअनुसार नयाँ नियम अन्य प्रान्तमा लागू भएका यस्तै धार्मिक मामिलासम्बन्धी नियमभन्दा कठोर हुनेछ ।

चीनले सिन्जियाङमा व्याप्त ‘अतिवाद’ र ‘आतंकवाद’ लाई मध्यनजर गर्दै नयाँ नियम ल्याउन लागिएको उल्लेख गरेको छ ।

नयाँ नियमअनुसार धार्मिक संस्थाहरुले समसामयिक चीन र उत्कृष्ट परम्परागत चिनियाँ संस्कृतिका आधारमा धार्मिक शिक्षा प्रदान गर्नुपर्नेछ ।

त्यसबाहेक धर्मगुरुहरु देशभक्त र कानून पालना गर्न प्रतिबद्ध भइ कुनै पनि किसिमको अतिवादको विपक्षमा हुनुपर्ने नयाँ नियममा उल्लेख छ । त्यस्तै, धार्मिक संस्थाहरुले कुनै पनि विदेशी संस्था वा व्यक्तिबाट निर्देशन लिन पाइनेछैन ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्