इनारभित्र खसेकी महिलाको उद्धार, अस्पताल भर्ना


 


काठमाडौं, माघ १ । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको उद्धार गरिएको छ ।

करिब साढे दुई घण्टापछि उद्धार गरिएकी उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए ।

उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्