लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने


 


काठमाडौँ, माघ १ । लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको २३ औँ साधारण सभाले आर्थिक वर्ष २०७९र८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

यस्तै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरण पारित पनि गरेको छ ।

साथै साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिको अर्को बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरिएको छ ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्