काठमाडाैंमा आजदेखि मेलम्चीको पानी पुनः वितरण


 


काठमाडौं, माघ १ । काठमाडौंमा आजदेखि पुनस् मेलम्चीको पानी वितरण गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन गरेका हुन् । मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो ।

वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्‍याउन थालिएको हो ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्