काठमाडौंमा एक महिला इनारमा खसिन्


 


काठमाडौं, माघ १ । ललितपुरको इमाडोलमा लुगा धुनेक्रममा एक महिला इनारमा खसेकी छन् ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन् ।

आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेपछि इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।

उनको उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्