रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, यी हुन् एजेण्डा


 


काठमाडौँ, माघ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टीले यही माघ घ् गतेका लागि बैठक बोलाएको हो । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।

रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्