धनुषामा श्रीमान् मृत फेला, श्रीमती घाइते


 


जनकपुरधाम, माघ १ । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन् ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका(३ पकडियास्थित गहुँ खेतमा आज बिहान महोत्तरीको लोहारपट्टी नगरपालिका(३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् ।

उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

उनका मृतककी श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो ।

चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । घटना रहस्यम भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्