सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


 


काठमाडौं, माघ १ । नेपाली बजारमा महिनाको पहिलो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्