जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


 


कास्की, पुस २९ । पोखरा महानगरपालिका–८ न्यूरोडबाट म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घर भएकी दिपा
पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ
गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १
सय ७५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोे छ ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्