आगोले जलेर महिलाको मृत्यु


 


बर्दिया, पुस २९ । मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक बस्ने ७५ वर्षीया चिन्की थरुनीको आगोले जलेर
आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्