दुई जना मृत अवस्थामा फेला


 


काठमाडौं, पुस २९ । बैतडीको सुर्नया गाउँपालिका–१ र ३ को सिमानामा रहेको सिदुन खोलामा दार्चुला नौगाड
गाउँपालिका–४ सिप्टी बस्ने ५७ वर्षीय प्रेम सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको चुरेबाट पुस २४ गते घरतर्फ फर्केका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको
हो ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिका–७ रातमाटा बस्ने ५७ वर्षीय नर बहादुर भुजेल सोही
ठाउँस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट शुक्रबार बिहान सोही ठाउँस्थित जंगलमा खर काट्न भनि गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला
परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्