झारफुक गर्ने बाहानामा नाबालिकालाई बलात्कार, एकजना पक्राउ


 


बीरगन्ज, पुस २९ । बारामा झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डल पक्राउ परेका हुन् ।

बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार भएको खबर आउनसाथ पीडकलाई पक्राउ गरिएको जनाए ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई प्रहरी थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्