सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने


 


काठमाडौँ, पुस २९ । राष्ट्रियसभा निर्वाचन लक्षित गरी सत्ता गठबन्धनले तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक आगामी माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो ।

बैठकको निर्ण अनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र माघ ८ गते कोशी प्रदेशको विराटनगरमा मतदातासँग अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम छ ।

उक्त कार्यक्रममा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि गठित केन्द्रीय समन्वय समितिका संयोजक रमेश लेखक, सदस्यहरू वर्षमान पुन, राजेन्द्र पाण्डे र मनिष सुमनको सहभागिता रहनेछ ।

अन्य प्रदेशबाट पनि आमन्त्रण गरिए समन्वय समिति र शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।

गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र पारेको छ ।
राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्