एनएलजी इन्स्योरेन्सले बोनस सेयर दिने


 


काठमाडौं, पुस २९ । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै प्रस्तावित बोनस सेयरमा कर प्रयोजनार्थ लाग्ने ४२ लाख २४ हजार रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरिएको कम्पनीले जनाएका छ ।

नियामक निकाय बीमा प्राधिकरणबाट सो बोनस सेयर स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि १० प्रतिशत नै बोनस सेयर दिएको थियो ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्