माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाइ भने, ‘साना छौं, तर हेपाई सहन्नौं’


 


माले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्यद्धीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा सेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको छ ।

यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु परम्परा तोड्दै चीनको भ्रमण गए लगत्तै भारतीय प्रधानमन्त्री मोदी पनि लक्ष्यदिप टापुमा भ्रमण गरेर सामाजिक सञ्जालमा राखेपछि दुई देशबीचको तनाव थप बढेको हो ।

यस अवस्थामा माल्दिभ्सका राष्ट्रपति मुइज्जुको चीन भ्रमण सकेर फर्केपछि भारत सम्बन्धी पहिलो प्रतिक्रिया दिदैँ उनले अप्रत्यक्ष रुपमा भारतको आलोचना गरेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार चीनको पाँच दिने भ्रमण पूरा गरी माल्दिभ्स फर्किएका राष्ट्रपति मुइज्जुले पत्रकार सम्मेलनमा भने, ‘हामी साना भए पनि धम्की दिने इजाजत कसैलाइ दिइएको छैन ।’

शीर्ष चिनियाँ नेताहरूसँग मुइज्जुको वार्तापछि संयुक्त वक्तव्य पनि जारी गरिएको थियो। यसमा भनिएको छ, ‘दुवै पक्ष आफ्नो मूल हितको रक्षा गर्न एक अर्कालाई कडा समर्थन जारी राख्न सहमत छन्।’

यस अवधिमा माल्दिभ्सले यस टापु राष्ट्रमा थप पर्यटक पठाउने प्रयासमा ‘तीव्रता दिन’ सहयोग गर्न चीनलाई अनुरोध पनि गरेको थियो। माल्दिभ्सका राष्ट्रपति मुइज्जुले पनि आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई गत बुधबार भेटेपछि दुई देशबीच २० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

जुन हस्ताक्षर पछि भारतले असन्तोष व्यक्त गरेको छ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्