माओवादी–नेसपा एकताको बाटो खुल्यो


 


काठमाडौँ, पुस २८ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी ९नेसपा० बिच एकता अघि बढाउन बाटो खुलेको छ ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको नेतृत्वमा पार्टी एकता समिति बनाएपछि माओवादी–नेसपा एकताको बाटो खुलेको हो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।

नेसपाले यसअघि नै बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाइसकेको छ ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्