माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने


 


काठमाडौँ, पुस २८ । नेकपा माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको हो ।

यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिपोर्टिङ गरिएको माओबादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्