दुई वर्षका बालकमा पहिलोपटक कलेजो प्रत्यारोपण


 


भक्तपुर, पुस २८ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रत्यारोपण भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले पर्साको वीरगञ्जका तीन वर्षीय बालकका लागि ३० वर्षीया आमाले कलेजो दान दिएको जानकारी दिए ।

कलेजो प्रत्यारोपण गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यसअघि केन्द्रले पुसमा एकैपटक दुई जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्