भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो


 


दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङमा राप्ती नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा १७ जना घाइते छन् ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको छ। धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

मृतकहरुको सनाखत भएको छैन । घटनास्थलमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारकार्यमा खटिएका छन् ।

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्