जबरजस्ती करणी गरेको अभियोगमा ७२ वर्षीय वृद्ध पक्राउ


 


झापा, पुस २७ । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धन बहादुर श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाीको छ ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्