गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न


 


काठमाडौं, पुस २७ । गरिमा क्यापिटल लिमिटेडले बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामा वार्षिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको अध्यक्ष पाण्डेय र प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट परेका थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंक हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।

गरिमाले निकट भविष्यमा आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्नेे जानकारी समेत गराएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको बैंकले जनाएको छ ।

यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्