बुटवलमा पृथ्वीनारायण शाहको शालिक अनावरण


 


बुटवल, पुस २७ । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बुटवल बेलहिया सडकखण्डमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ ।

राप्रपाका स्थानीय नेता रूपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ सडकको हरियाली क्षेत्रमा शालिक निर्माण गरिएको थियो ।

थापाको अगुवाइमा गत पुस २७ गते शाहको पूर्ण कदको शालिकको शिलान्यास गरिएको थियो । बुटवल उपमहानगरपालिका वडा नं। १० का वडाअध्यक्ष बलु पुनले शिलान्यास गरेको उक्त शालिकको अनावरण भने थापाले गरेका हुन् ।

करिब १७ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरेको थापाले जानकारी दिए । शालिक निर्माणको लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्