राप्रपाका थापाले लिए राष्ट्रिय सभाको उम्मेदवारी फिर्ता


 


काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जनकुमार थापाले राष्ट्रिय सभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले उम्मेदवारी फिर्ता लिएपछि अब प्रदेशबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार रहेका छन् ।

राष्ट्रिय सभा सदस्यको चुनाव आगामी ११ माघमा हुँदैछ ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्