शिवम् सिमेन्टको लाभांश वितरण गर्ने प्रस्ताव पारित


 


काठमाडौं, पुस २७ । शिवम् सिमेन्टको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा सम्पन्न कम्पनीको आठौं साधारण सभाले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट ९सेयर प्रिमियम बापतको रकम यथावत रूपमा कम्पनीमा नै सञ्चित राखी० अन्य सञ्चित रकमबाट सेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रूपैयाँको १४।२५ प्रतिशतका दरले बोनस सेयर र ०।७५ प्रतिशतका दरले ९कर प्रयोजनका लागि० नगद लाभांश सहित कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेकोमा १४।२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रूपैयाँ कायम हुनेछ।

साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्