पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान


 


काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (शुक्रबार) ३०२ औं पृथ्वी जयन्तीका अवसरमा जलपान कार्यक्रम गरेको छ ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको राप्रपाले यसै अवसरमा वर्षेनि जलपान कार्यक्रम गर्दै आएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा भएको जलपानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत सहभागी भएका छन् ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्