नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत


 


धनगढी, पुस २७ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेपनि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ ।

यसअघि पार्टीको संरक्षक रहेको रे्म चौधरी पहिलो अधिवेशनबाट अध्यक्ष बन्न सफल भएका हुन् । यसअघि पार्टीको अध्यक्षमा उनकै पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन् ।

टीकापुर घटनापछि केही वर्ष चौधरी भूमिगत थिए । भूमिगत अवस्थामै उनी राजपाबाट २०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

निर्वाचित भएपनि अदालतमा आत्मसमर्पण गरेका उनी दोषी ठहर हुँदै केही वर्ष कारागार बसे । केही महिना अघि मात्रै केही महिना अघि मात्रै राष्ट्रपतिबाट बाँकी कैद मिनाहा भएपछि उनी रिहा भएका थिए ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्