कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 


चितवन, पुस २७ । चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

हिजो (बिहीबार) बेलुका भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा।प्र। ०३(००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटाको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्