काठमाडौंमा फोहोर संकलन दौड


 


काठमाडौँ, पुस २७ । काठमाडौँमा फोहोर सङ्कलन दौड कार्यक्रम गरिएको छ ।

स्वच्छ र हरियाली काठमाडौँ बनाउने अभियानअन्तर्गत शुक्रबार नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरु भएको दौड टंगाल, दक्षिण ढोका, एम्बेस्डर होटेल हुँदै पुन नारायण चौरमा पुगेर सम्पन्न भएको हो ।

मैनादेवी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपाल टेलिकमका हरि ढकाललगायत विभिन्न क्षेत्रमा आबद्ध सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

‘म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ’ भन्ने नाराका साथ मैनादेवी फाउन्डेसनले विगत लामो समयदेखि विभिन्न सामाजिक सचेतना र पर्यावरणका क्षेत्रमा कार्यक्रमहरू गर्दै आइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्