आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, पुस २७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्