रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


 


काठमाडौं, पुस २६ । यौन हिंसा गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ ।

जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

२०७५ भदौमा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् ।

त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्