रसियन सेनामा कार्यरत एक नेपालीको मृत्यु


 


काठमाडौं, पुस २६ । रसियन सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको रुस–युक्रेन युद्धमा मृत्यु भउको स्थानीयले बताएका छन् ।

प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले पनि सामाजिक सञ्जालमा सुनारप्रति श्रदाञ्जली दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

मृतक सुनार यसअघि दुई वर्षदेखि दुबईमा कार्यरत थिए । उनी केही महिनाअघि उतैबाट रुस गएका थिए ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्