बम्जनविरुद्धको मुद्दाको थुनछेक बहस सकियो, आजै आदेश आउने


 


काठमाडौँ, पुस २६ । ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा सर्लाही जिल्ला अदालतमा थुनछेक बहस पूरा भएको छ ।

न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे बहस पूरा भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए ।

उनका अनुसार अदालतले आजै थुनछेक आदेश गर्ने भएको छ । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनबिरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्