गौशाला २६ को तस्वीर सार्वजनिक गर्नेहरुमाथि अनुसन्धान गरिँदै


 


काठमाडौं, पुस २६ । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको मुद्दा दायर गरेकी गौशाला २६ ९प्रहरीले दिएको नाम० को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको छ ।

यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेहरुको खोजी भइरहेको ब्यूरोका एसपी पशुपति रायले जानकारी दिए ।

गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर ९मुलुकी अपराध संहिता, २०७४० को दफा २९४, दफा २९० समेत र कम्प्युटर सम्बन्धी कसुर ९विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी समेत दिएकी छन् ।

काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गरी सजाय निर्धारण गरेको छ ।

पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई आठ वर्ष कैद रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्