हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


 


सुनसरी, पुस २६ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो । जङ्गलबाट घाँस लिएर आइरहेका उहाँमाथि हात्तीले आक्रमण गरेको थियो ।

प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । रासस

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्