आफ्नो पहिचान सार्वजनिक गर्नेविरुद्ध गौशाला २६ ले दिइन् उजुरी


 


काठमाडौं, पुस २६ । आफ्नो पहिचान सार्वजनिक गर्नेविरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न तवरबाट फोटो सार्वजनिक गर्न थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी हुन् । गौशाखा २६ को उजुरी दर्ता भएको साइबर ब्युरोले पुष्टि गरेको छ ।

विद्युतीय माध्यमबाट वैयक्तिक गोपनीयता हनन् गरेकोमा अदालतमा अनुसूची ४ बमोजिम मुद्दा दायर गर्न पाइन्छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा सन्दीप लामिछानेलाई दोषी ठहर गरी सजायसमेत सुनाएको छ ।

पछिल्लो केही दिनयता फेसबुक, एक्स लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा केही प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गर्ने प्रयास गरेका छन् ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्