गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने रास्वपाका कार्यकर्ता निलम्बन


 


काठमाडौं, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले परिवर्तित नाम गौशाला ९२६० को तस्बिरसहित सामाजिक संजालमा पोस्ट गर्ने आफ्ना एक कार्यकर्तालाई निलम्बन गरेको छ ।

रास्वपाले सामाजिक सञ्जाल एक्समा गौशाला २६ को तस्बीर भन्द्यै सार्वजनिक गर्ने प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराएको हो ।

सापकोटाले गौशला–२६ ९परिवर्तित नाम०को तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पनि रास्वपाले उल्लेख गरेको छ ।

क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशालाका पक्षमा फैसला सुनाउँदै जिल्ला अदालत काठमाडौंका न्यायाधिश शिशिरराज ढकालको इजलासले बुधबार लामिछानेलाई ८ वर्षका लागि कैद सजाय सुनाउँदै ३ लाख क्षतिपूर्ति र २ लाख जरिवाना गरेको छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्