लाइसेन्स लिएर मात्रै विवाह गर्न पाउने व्यवस्था गरौं : आरजु राणा


 


काठमाडौं, पुस २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने गर्नुपर्ने बताएकी छन् ।

ललितपुरमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै उनले उनले यस्तो धारणा राखेकी हुन् । उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।

उनले लाइसेन्सका लागि पनि नागरिकता अनिवार्य गर्नुपर्ने र त्यसो गर्दा विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिने बताइन् ।

धेरै देशमा विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको भन्दै उनले विवाहका विषयमा किशोरकिशोरीमा अभिमुखीकरण आवश्यक रहेको समेत बताइन् ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्