बालाजुबाट नक्कली नोटसहित एक युवती पक्राउ


 


काठमाडौं, पुस २६ । राजधानीको बालाजुबाट नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छन् ।

१ हजार दरको ५ थान नक्कली नोटसहित काभ्रेको नवबुद्ध नगरपालका(१० घर भई तारकेश्वर नगरपालिका(५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपानेलाई प्रशरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्