अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ


 


काठमाडौं, पुस २६ । अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ परेका छन् ।

क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका १ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका ४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका ७ का २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका ४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका ११ हिरापुरका २५ वर्षीय निशान गौतम छन् ।

सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्