बमजनलाई अदालत लगियो


 


काठमाडौं, पुस २६ । तपश्वी रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाहीमा लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बिहीबार बिहान बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगेको हो ।

सर्लाहीकी रिता बोटेलाई बेपत्ता बनाएकोलगायतका आरोपसहित बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका(६ हात्तिगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

लामो समयदेखि फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो ।

सिबिआईबीले उनलाई सार्वजनिक गरेपछि बुधबार नै हवाइ माध्यम मार्फत लग्ने प्रयास गरिएपनि टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्‍याइएको थियो।

हवाइमाध्यममार्फत लग्न नसकिएपछि राति गाडीमा सर्लाही पुर्‍याइएको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनको आश्रममा पुगेका अनुयायीहरूमाथि यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या समेत गरेको आरोप लागेको हो ।  

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्