रोहितले आर्मी छोडेर एपीएफबाट प्रधानमन्त्री कप खेल्ने


 


काठमाडौं, पुस २६ । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोडेका छन् ।

उनले केही दिनअघि मात्रै आर्मी छोडेका हुन् । उनी अब अर्को विभागीय क्लब एपीएफबाट खेल्ने भएका छन् ।

उनले सन् २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कपको उपाधि जितेका थिए ।

रोहित हाल राष्ट्रिय टिमको कप्तान छन् । उनकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता जोगाउनुको साथै, टी–२० विश्वकपमा छनोट भएएको र पहिलो पटक एसिया कप खेलेको थियो ।

राहितसँगै हरि चौहान, सुशन भारी र विक्रम सोबले पनि आर्मी छोडेका छन् । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्