कोशीका सभामुखले दिए पार्टीबाट राजीनामा


 


काठमाडौँ, पुस २६ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् ।

प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

राप्रपाबाट कोशी प्रदेश सभाको सभामुख भएपछि पार्टीमा विवाद सुरु भएको छ । पार्टीको निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कोशीको सभामुखबाट फिर्ता हुन निर्देशन दिए पनि पत्र पुग्नुअघि नै बिष्ट सभामुख चुनिइसकेका थिए ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्