अनेरास्ववियु सुदूरपश्चिम अध्यक्षमा राई निर्वाचित


 


धनगढी, पुस २६ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित भएका छन् ।

धनगढीमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनले राईलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

अनेरास्ववियुको प्रदेश उपाध्यक्षमा रोहित बोगटी, इन्द्र बोहरा र दिनेश सिंह, सचिवमा कमल रोकाया र सहसचिवमा यशोदा थापा, पुष्कर दौत्याल र नरेन्द्र साउद, कोषाध्यक्षमा जेबी कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै ५१ जनाको प्रदेश कमिटी पनि सर्वसम्मत निर्वाचित भएको अनेरास्ववियुले जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्