क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन


 


काठमाडौं, पुस २६ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं’ क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । ५ भदौमा बानेश्वरबाट एक युवतीलाई नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोप थियो ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्