सुनको मूल्य आज पनि घट्यो, चाँदीको स्थिर


 


काठमाडौं, पुस २६ । नेपाली बजारमा केही दिनदेखि ओरालो लाग्दै आएको सुनको मूल्य आज पनि घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्