नागरिक उन्मुक्तिको महाधिवेशन आजबाट, श्रीमति हटाएर रेशम अध्यक्ष बन्ने


 


काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन आजदेखि सुरु हुँदैछ । कैलालीको टीकापुरमा महाधिवेशन सुरु हुन लागेको हो ।

महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ। बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् ।

तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ। श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर रेशम आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन्।

महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ। विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्