निर्वाचनको मुखमा चिनियाँ उपग्रह ताइवानी आकाशमा


 


एजेन्सी । राष्ट्रपति चुनाव नजिकिँदै गर्दा चिनियाँ उपग्रह आफ्नो आकाशमा देखापरेपछि ताइवानले हवाई आक्रमणको चेतावनी दिएको छ ।

ताइवान सरकारले मोबाइल फोन मार्फत आफ्नो सुरक्षाको लागि सचेत रहन आफ्ना नागरिकलाई भने सन्देश पठाएको बीबीसीले जनाएको छ ।

चीनको सिचुआन प्रान्तको जिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सो उपग्रह प्रक्षेपण गरिएको ताइवानको रक्षा मन्त्रालयले दावी गरेको छ । चीनले पनि आइन्स्टाइन प्रोब नामक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको पुष्टि गरेको छ । यद्यपी ताइवानले लगाएको घुसपैठको आरोप बारे कुनै प्रतिक्रिया दिएको छैन ।

त्यस्तै, चिनियाँ उपग्रह देखापरेपछि आगामी शनिबार हुन लागेको राष्ट्रपति र विधायिका चुनावमा चीनको हस्तक्षेप हुनसक्ने विश्लेषण हुन थालेको छ । ताइवानलाई एसियामा आफ्नो सर्वोच्चता देखाउन चीन र अमेरिका बीचको विवादको मुख्य थलो मानिदै आएको छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्