यसवर्ष एसईई चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन नयाँ नियम


 


काठमाडौं, पुस २५ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० चैत पहिलो हप्तादेखि हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल ९इजोन०ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार एसईई आगामी चैत्त पहिलो हप्ता हुने जानकारी दिएका हुन् ।

उनले एसईईको रुटिन माघको पहिलो हप्ता निकालिने जानकारी समेत दिए । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न उनले अनुरोध गरे ।

उनका अनुसार कक्षा १०को परीक्षा, नतिजाको क्यालेन्डर निकालिसकेको हुँदा सोही अनुसार हुन्छ ।

यस्तै यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यो वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुने भएकाले यस्तो प्रावधान राखिएको उनले बताए ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्